|

कञ्चनपुर : बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा  एक शिक्षक पक्राउ  परेका छन्।

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा बेलौरी नगरपालिका-६ विद्यानगर घर भएका सोही ठाउँस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुबिलास ढुङ्गानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयको कक्षा कोठामा बुधबार बिहान ती बालिकालाई ढुङ्गानाले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.