|

काठमाडौं : बृहत् नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनविरुद्ध टुँडिखेलमा शुक्रबार मार्च गरेको छ। नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुअघि आन्दोलनले मार्च पास गरेको हो। 

मार्च पास शंखधर पार्कबाट सहिदगेट हुँदै टुँडिखेलतर्फ गएको हो। आन्दोलनमा नागरिक अभियन्ताहरू नारायण वाग्ले, डा. गोविन्द केसी, खगेन्द्र संग्रौलालगायत सहभागी छन्। 

आन्दोलनले टुँडिखेलमा भेला भएर घोषणापत्र जारी गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर विरोध गर्दै आएको बृहत् नागरिक आन्दोलनले विभिन्न स्थानमा विरोधका कार्यक्रम गर्दैआएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.