|

अमेरिकाले ईरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतामा फर्कने संकेत दिएको छ। पूर्व राष्ट्रपति बाराक ओबामाका पालामा भएको यो सम्झौता निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले तोडेका थिए।

हालका राष्ट्रपति जो बाइडेनको प्रशासनले सो सम्झौताका शर्तहरू स्वीकार गर्न तयार रहेको बताएको हो। सम्झौता तोडिएपछि प्रत्युउत्तरमा ईरानले व्यापक मात्रामा परमाणु प्रशोधन र यो प्रयोग गरी हतियार बनाइरहेको छ। सम्झौता तोडेको अमेरिका फेरि लचक हुनुको मुख्य कारण यही हो।

सन् २०१५ मा भएको सम्झौतामा अमेरिकालाई फिर्ता गर्न बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूको बैठक हालै आयोजना गरिएको थियो। 

ईरानले भने अमेरिकाबाट लादिएका सबै आर्थिक प्रतिबन्ध हटेमात्रै सम्झौता पालना गर्ने जवाफ दिएको छ। 

ट्रम्पले ३ वर्ष पहिले सो सम्झौताबाट हात झिक्दै ईरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.