|

स्पेनिस ला लिगा फुटबलमा आज शीर्ष स्थानको एथ्लेटिको मड्रिडले लेभान्तेसँग खेल्दैछ। अंकतालिकाको ११ औँ स्थानमा रहेको लेभान्तेलाई हराउँदै एथ्लेटिको मड्रिडले अंकदूरी थप फराकिलो बनाउन चाहन्छ।

तर, यसअघिको खेलमा लेभान्तेसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको एथ्लेटिकोलाई जित निकाल्न सहज भने छैन। जारी लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिकोको २२ खेलबाट ५५ अंक रहेको छ। उसले १७ खेलमा जित निकालेको छ भने ४ खेलमा बराबरी तथा १ खेलमा पराजय ब्यहोरेको छ।

२३ खेल खेलिसकेको लेभान्तेको २८ अंक मात्र रहेको छ। आजै राति दोस्रो स्थानको रियल मड्रिडले पुछारबाट तेस्रो स्थानमा रहेको भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ। यी दुईबीचको खेल राति पौने २ बजे सुरु हुनेछ। २३ खेल खेलिसकेको रियलको ४९ अंक रहेको छ।

त्यसअघि बेलुकी पौने ७ बजे १७ औँ स्थानको एइबर र १९ औँ स्थानको एल्चेबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी, राति सवा ११ बजे भ्यालेन्सिया र सेल्टा भिगोबीच प्रतिस्पर्धा हुनेछ। भ्यालेन्सिया २४ अंकका साथ तालिकाको १३ औँ स्थानमा रहेको छ भने २९ अंक जोडेको सेल्टा भिगो नवौँ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.