|

अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन वटा कारलाई लक्षित गर्दै भएको तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन्। साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरीले पुष्टि गरेको छ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो। पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८:०० बजे भएको थियो। दोस्रो विस्फोट १५ मिनेटपछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०:२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.