|

काठमाडौं :  सरकारले भोलि भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन्। उनले भने, 'सरकरारले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज कोरोना विरुद्धको खोप भोलि आउँछ अरू विस्तारै आउछौँ।

 सरकारले यसअघि कोरोना विरुद्ध खोप कोभिशील्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी दिएको थियो।

सरकारले अक्सफोर्ड  एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिशील्ड खोप खरीद गरेको हो। भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप दिएको थियो । उक्त अनुदानको खोपबाट अहिले नेपालमा खोप अभियान सञ्चालन भइरहेको छ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा  ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरूलाई खोप लगाउने छ। सरकारले दोस्रो करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.