चुनावको बाटो छाडेर कोही प्रधानमन्त्री कोही अध्यक्ष हुन नमिल्ने जिकिर

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन र सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिएका छन्। 

'सूर्य चिन्ह हामीले पाउँछौँ। चुनाव हुन्छ नै, हामीले जित्नुपर्छ। तपाईहरु यो आत्मविश्वासका साथ लाग्नुस्, विराटनगरमा शनिबार आयोजित जनसभामा आयोग र अदालतप्रति लक्षित गर्दै ओलीले भने, ‘कुनै जालझेल तिकडम,षड्यन्त्र र सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ, त्यस्ता शक्तिलाई हामी पराजित गर्छाैं ।

यद्यपी, प्रचण्ड–माधव पक्ष भनेर सरकारले आयोग र अदालतमा 'सेटिङ' गरेको भन्दै सशंकित बनिरहेको छ। प्रधानमन्त्री ओलीले सरकारले तोकेको समयमा निर्वाचन भएर छाड्ने दाबीसमेत गरे।

माधवमाथि कटाक्ष

‘चुनावको बाटो बाहेक अरु बाटोबाट कोही प्रधानमन्त्री कोही अध्यक्ष हुन खोज्ने? अर्को महाधिवेशन नकुरी बच्चाजस्तो मलाई अध्यक्ष चाहियो..चाहियो.. भन्ने मान्छेहरु छन्’ उनले भने, ‘कार्की बैंङ्क्वेटबाट अध्यक्ष लिएर आसन ग्रहण गर्दै हिँडिरहेका छन्। कहाँको अध्यक्ष होला?’

निर्वाचन आयोगले केपी ओली र प्रचण्ड बाहेकको अध्यक्ष नचिन्ने बताइसकेको उनले बताए। उनले निर्वाचन आयोगमा गएर आफैले सूर्य चिह्न दर्ता गराएको भएकाले प्रचण्डले सूर्य चिह्नको दाबी गर्दा हाँसो लागेको तर्क गरे। उनले सरकारले तोकेको समयमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न निर्देशन दिए। 

उनले प्रचण्ड-माधव पक्षलाई अरुले खेलाएको कठपुतली भएको आरोपसमेत लगाए। ‘उहाँहरुले झुक्याएर धम्क्याएर लगेकाहरू विस्तारै फिर्ता भइरहेका छन्। हामी लोकतन्त्र लोकतन्त्र जोगाउन लागिरहेका छौँ’ उनले भने।  

प्रधानमन्त्रीले संसद भंग गर्न पाउने अधिकार भएको बताए। ‘प्रधानमन्त्रीले संसद भंग गर्न पाउँछ। मैले ६४ प्रतिशतको बहुमतसहित संसद भंग गरेको छु’ उनले भने, ‘उहाँहरुले बहुमतको सरकार नबन्ने देखिएपछि सांसद किनबेचमा लागिरहेका छन्। त्यसले गर्दा लोकतन्त्र कमजोर हुन्छ। संविधान कार्यान्वयन गर्न सक्दैन।’

उपराष्ट्रपति र सभामुखमाथि खनिए

प्रधानमन्त्री ओली ओली उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटामाथि खनिएका छन्। उनले उपराष्ट्रपति पनि सरकारविरुद्ध भाषण गर्दै हिँडेको आरोप लगाएका छन्। 

‘सभामुख सरकारविरुद्ध झगडिया भएर लागिरहेका छन्। सभामुख जस्तो पदमा बसेको मान्छे सरकारविरुद्ध मुद्धा हाल्न हिँडेको छ’ उनले भने, ‘पदको गरिमाभन्दा बाहिर गएर किर्ते काम गरेको छ।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.