|

जुम्ला :  जुम्लामा गाउँ पसेको घोरलको सकुशल उद्धार गरिएको छ। जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्धार गरिएको हो। छिना गाउँका नरसिंह थापाको घरको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्धार गरिएको डिभिजन वन प्रमुख दिनेशजंग खत्रीले जानकारी दिए। 

घोरल भेटिएपछि थापाले पूर्वरेन्जर खडक महतलाई खबर गरेका थिए। महतले डिभिजन वन कार्यालयमा खबर गरेका थिए। उद्धार गरिएको घोरल अहिले डिभिजन वन कार्यालय जुम्लामा राखिएको छ।

घोरल चन्दननाथ नगरपालिका–१० को जंगलबाट झरेको हुनसक्ने अनुमान गरिएको छ। राति कुकुरले लखेटेर ल्याएको घोरल घरको गेटमा लुकेर बसेको भेटिएको थियो। जनप्रतिनिधि, प्रहरी र वन कार्यालयको रोहवरमा घोरल वनमा छोड्ने प्रमुख खत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.