|

रौतहट : प्रधानमन्त्री बन्नकै लागि तत्कालीन राजा ज्ञानेन्द्र शाहको खुट्टामा भेटी चढाउने माधव नेपाल अग्रगमनकारी नेता हुन नसक्ने सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्।

रौतहट क्षेत्र नम्बर २ तेजापाकड गाउँमा आयोजित क्षेत्रीय भेलामा सहरी विकास मन्त्री साहले तत्कालीन एमालेको महाअधिवेशनमा हारेका नेपालले ५ वर्ष नपुग्दै फेरि अध्यक्ष पद हाताहाती चाहियो भन्नु अचम्मको कुरा भएको बताए।

तत्कालीन एमाले महासचिव हुँदा नेपालले राजाविरुद्ध आन्दोलन गर्नुपर्ने ठाउँमा उल्टै राजा ज्ञानेन्द्रको खुट्टामा भेटी चढाएर एमालेलाई कमजोर बनाएको मन्त्री साहले आरोप पनि लगाए।

त्यसकै फलस्वरुप २०६४ सालको संविधानसभा निर्वाचनमा माधव नेपालले नेतृत्व गरेको एमालेले नराम्ररी पराजय भोगेको पनि उनको तर्क थियो। 

नेता नेपाल पदकै लागि मरिहत्ते गर्ने मान्छे भएका पनि उनको भनाइ थियो। पदकै लागि मरिहत्ते गर्ने मान्छे कम्युनिस्ट हुनै नसक्ने भन्दै खराब नेताका कारण पार्टीको बदनाम भएको आरोप लगाए। 

कार्यक्रममा ठूलो संख्यामा नेकपा नेता तथा कार्यकर्ताको उपस्थिति थियो। कार्यक्रममा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिबाट निर्वाचित इशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता जसपाबाट नेकपामा प्रवेश गरेका थिए। ​
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.