|

काठमाडौं :  मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिमी राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो।  

उर्लाबारी ४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक दुर्घटनामा पारी स्कूटीमा सवार उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलका अनुसार पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३१ प ५१ स्कुटीलाई विपरित दिशाबाट आएको प्रदेश १-०१-००१ क १०३५ पानी बोक्ने गाडीले ठक्कर दिएको थियो।

पानी बोकेको गाडीको ठक्करबाट स्कुटीमा सवार उनीहरु सख्त घाइते भएकोमा उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुन्याए वित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेकाा थियए। स्कुटीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.