|

काठमाडौं :   रुपन्देही, कपिलवस्तु, बाँके, पर्सा, मोरङ, कैलाली र चितवनका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

 रुपन्देही :  शुद्धोधन गाउँपालिका–४ जुगैडियास्थित सडकमा लु६८ प ३५६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका–४ बस्ने २० वर्षीय प्रभु चौधरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रामथ जीवन बराईको सोही अस्पतालमा र सोही ठाउँ बस्ने २५ वर्षीय सञ्जय चौधरीको शुद्धोधन पोलिक्लिनिक फर्साटिकरमा उपचार भइरहेको छ।

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–८ मैनिहबास्थित सडकमा लु ६५ प ५४९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–८ दोहोनी बस्ने ३२ वर्षीय अब्दुल रहेमानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

बाँके : नेपालगञ्ज उपमहानगरपालिका-५ फुलटेक्रस्थित सडकमा भे९ प ७९९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका–१९ फुहाटगाउँ बगानपुर बस्ने १७ वर्षीय अनावर अलि बागवानको शनिबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पर्सा :  वीरगंज महानगरपालिका–२४ रामगढवास्थित सडकमा ना ४ ख १८३९ नम्बरको कन्टेनर ट्रक र ना ५३ प ८७६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका(२ श्रीपुर पचगवा बस्ने ६० वर्षीय छठु साहको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार छठुकी छोरी २७ वर्षीया चन्दा देवीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि तराई अस्पताल पठाइएको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ। 

मोरङ : उर्लाबारी नगरपालिका–४ स्थित सडकमा प्रदेश नम्बर १-०१-००१ क १०३५ नम्बरको ट्रकले को ३१ प ५१ नम्बरको  स्कुटरलाई शनिबार बेलुका ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा स्कुटरमा सवार उर्लाबारी नगरपालिका–८ सिसौली बस्ने २३ वर्षीय प्रदिप धामी र उर्लाबारी नगरपालिका–८ सिसौली बस्ने २२ वर्षीय सुदिप भुजेल रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

कैलाली :  कैलारी गाउँपालिका(३ भ्ररीस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल बयलगाडामा शनिबार बेलुकी ठोक्किँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ पचिसघर बस्ने ४२ वर्षीय खगेन्द्र चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बयलगाडा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

चितवन : खैरहनी नगरपालिका–१ ज्यामिरेचोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कालिका नगरपालिका–३ बस्ने ४० वर्षीय कुल बहादुर मोक्तानको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको खोजी भईरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। ​

बालुवाको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु

सुनसरी, बराहक्षेत्र नगरपालिका-८ सालबन्दीस्थित कोशी नदीको पोखरीको डिलमा खेल्ने क्रममा बालुवा र माटो सहितको ढिस्को झरेर सोही ठाउँ बस्ने बखत बहादुर राईको छोरा १४ वर्षीय प्रज्वल राईको शनिबार मृत्यु भएको छ।

गम्भीर घाइते भएका प्रज्वलको बराहक्षेत्र नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उनका भाइ १० वर्षीय राजन राईलाई सोही अस्पताल हुँदै थप उपचारको लागि घोपा अस्पताल धरान पठाईएको छ।

पाल्पा : पूर्बखोला गाउँपालिका-४ बलीपोखरा छेबकुनस्थित बालुका खानीमा बालुवा खन्ने क्रममा ढिस्कोले पुरेर सोही ठाउँ बस्ने १३ वर्षीया पबित्रा सारूको र ३६ वर्षीया माया देबी सिंहको मृत्यु भएको छ । पबित्रा सारूको घटनास्थलमै तथा माया देविको उपचारको लागि स्थानीय मेडिकलतर्फ ल्याउनेक्रममा बाटोमै मृत्यु भएको हो।  यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.