खोप केन्द्र अपर्याप्त, ग्रामीण भेगमा सहज हुन सकेन

|

काठमाडाैं : नेपालमा गत माघ १४ गतेबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ। 

अक्सफोर्ड  एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको र भारतले अनुदानस्वरुप दिएको कोभिसिल्ड खोपबाट नेपालमा खोप अभियान सुरु गरिएको थियो।

सरकारले सुरुमा पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाउने घोषणा गरे पनि घोषणा गरेको आधाजतिले पनि खोप लगाएनन्। घोषणा गरेअनुसार खोप अभियानमा सहभागी हुने संख्या कम हुँदै गएपछि सरकारले पहिलो चरणको खोप अभियानलाई बढाउँदै पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेको भन्दै पत्रकार, कूटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगायो। तर त्यसो गर्दा पनि खोप लगाउनेको संख्या मुस्किलले २ लाख मात्र पुग्यो।

अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालकलाई मात्र पुग्ने भनिएको खोप त्यसपछि सरकारले सरकारी कार्यालयका कर्मचारी, निर्वाचित जनप्रतिनिधि र जिल्लाका पत्रकार लगायतलाई समेत दिइरहेको छ।

यसरी हेर्दा नेपालमा कोरोनाविरुद्ध खोप अभियानमा सहभागी हुनेको संख्या कम छ। किन नेपालमा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या कम छ? अब सुरु गर्न लागिएको दोस्रो चरणको खोप अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले के गर्नुपर्छ। यस विषयमा वरिष्ठ  जनस्वास्थ्यविद प्राडा शरद वन्तसँग गरिएको कुराकानी:

सरकारले जुन लक्ष्य लिएर कोरोनाविरुद्ध खोप अभियान सन्चालन गरेको थियो तर लक्ष्यअनुसार खोप अभियानमा सहभागिता निकै कम छ नि

एक त सरकारले हाम्रोमा लगाइरहेको खोपबारेमा जनतालाई विश्वस्त हुने तरिकाले जनचेतना फैलाउन सकेन। किनभने हाम्रो मा सुरुमा नै खोपको प्राथामिकता गर्दा गर्दै अलिकति गल्ती भयो। हाम्रोमा सुरुमा नै शिक्षक कर्मचारीहरुलाई खोप दिएको भए वा उनीहरुलाई खोपबारे राम्रोसँग बुझाउन सकेको भए खोप अभियान सहभागिता हुनेको संख्या धेरै हुन्थ्यो। अर्को कुरा भनेको हाम्रोमा अझै पनि खोप केन्द्रहरु नै प्रयाप्त छैनन्। जसले गर्दा खोप अभियानमा सहभागिताको संख्या कम छ।

हाम्रोमा सुरुमा नै शिक्षक कर्मचारीहरुलाई खोप दिएको भए वा उनीहरुलाई खोपबारे राम्रोसँग बुझाउन सकेको भए खोप अभियान सहभागिता हुनेको संख्या धेरै हुन्थ्यो। अर्को कुरा भनेको हाम्रोमा अझै पनि खोप केन्द्रहरु नै प्रयाप्त छैनन्। जसले गर्दा खोप अभियानमा सहभागिताको संख्या कम छ।

यो खोप लगाएपछि धेरैलाई कडा खालको ज्वरोजस्ता समस्या देखिए, धेरैले खोप लगाउनै डराए, हैन र?

हुन त  यस विषयमा अझै पनि राम्रोसँग अध्ययन भएको छैन। जसले गर्दा यही नै हो भनेर भन्न सकिँदैन। हालसम्म खोप अभियानमा सहभागी भएकाहरुको अवस्था हेर्दा नेपालमा अन्य देशको तुलनामा खोपको असर त्यस्तो धेरै गम्भीर देखिँदैन।

खोप लगाएपछि ज्वरो आउनेलगायत लक्षण देखिने त समान्य हो। हाम्रोमा अझैसम्म खोप लगाएपछि गम्भीर भएर अस्पताल भर्ना भएको रेकर्ड आएको छैन। यो हाम्रोमा लगाइरहेको खोपको असर त्यस्तो धेरै नराम्रो छैन। हालसम्मको अवस्था हेर्दा हाम्रोमा लगाइरहेको कोभिसिल्ड खोप सुरक्षित छ। डराउनु पर्दैन।

सरकारले समुदायमा खोप सुरु गर्ने भनिरहेको छ यस्तो बेलामा खोप अभियान प्रभावकारी बनाउन अझै सरकारले के गर्नुपर्छ?

अझै पनि सरकारले कोरोना विरुद्धको खोपबारे जनतालाई बुझाउन सकेको छैन। तर अब समुदायस्तरमा खोप लगाउने भनेपछि अहिले सरकारले गर्नैपर्ने मुख्य काम खोपको आवश्यकता र यसको असरबारे बुझाउनु हो। 

अर्को मुख्य काम भनेको सरकारले व्यापक रुपमा खोप केन्द्रहरु सन्चालन गर्नुपर्छ। थोरै खोप केन्द्र भयो भने भीड धेरै हुन्छ। हाम्रोमा धेरै लक्षित वर्ग ग्रामीण भागमा धेरै भएकाले भीड कम गर्दा सहज हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.