वरीयताको आधारमा जिम्मेवारी दिनुपर्ने जोड

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा गर्नका लागि सहमति बनेको हो। 

फागुन ७ गते केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार ९ बुँदे सहमति पत्र बनेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। ‘केन्द्रीय कमिटीको बैठकमा छलफल भएको थियो। त्यही अनुसार सङ्गठनात्मक संरचना तयार गर्नका लागि ९ बुँदे सहमति बनेको छ’ उनले भने। 

प्रचण्ड–माधव पक्षको सहमति पत्रमा प्रदेश र जिल्लाका इन्चार्ज, सह इन्चार्ज एवं पार्टी कमिटीहरु तथा जन संगठनका पदाधिकारीहरूमा रिक्त स्थानमा आधा/आधा हुनेगरी मिलाउने सहमति बनेको छ। 

पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका तहमा पनि ५०/५० प्रतिशत हुनेगरी मिलाउने भएको छ। पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जन संगठनमा वरीयतामा अगाडि रहेकालाई प्राथमिकता दिने भएको छ। 

एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा वरीयताको आधारमा जिम्मेवारी दिनुपर्ने दिने भएको छ। पार्टीका सबै कामहरु  तोकिएको मापदण्ड र आधारमा टुंगाउने सहमति बनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.