|

काठमाडाैं : आफ्नै भान्जालाई अपहरण गरि फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी आफ्नै भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नं ७ निवासी लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए।

धनुषाको नगइराइन नगरपालिका–६ स्थित लग्माबाट ७ वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए। प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुर उपमहानगरपालिका वडा नं ७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो। 

बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले १ करोड रुपैयाँ फिरौती मागेका थिए। त्यस लगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको थियो। प्रहरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको छ भने घटनामा संलग्न रहेको आशंकामा अन्य दुई जनालाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.