|

ओखलढुंगा : ओखलढुंगास्थित चिशंखुगढी गाउँपालिकाको गाउँ सभाले प्रदेश नं. १ का भौतिक तथा पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले गरेको टिप्पणीप्रति खेद प्रकट गरेको छ। गाउँसभाले राज्यमन्त्रीको टिप्पणीप्रति खेद प्रकट गर्दै विशेष प्रस्ताव नै पारित गरेको छ। 

गत माघ ३० गते चिशंखुगढी गाउँपालिकाको वडा नं. २ को खीभञ्ज्याङमा ओली समूहको कार्यक्रममा राज्यमन्त्री गुरुङले गाउँपालिकाका जनप्रतिनिधिहरूको मर्यादा नराखी अभिव्यक्ति दिएका कारण गाउँ सभाले नै राज्यमन्त्री विरुद्ध खेद प्रकट गरेको हो।

चिशंखुगढी गाउँपालिकाको गत फागुन ७ देखि शुरू भएको आठौं गाउँ सभामा गाउँसभा वडा अध्यक्ष नरेन्द्र बस्नेत प्रस्तावक रही गाउँपालिकाका उपाध्यक्ष सुष्मिका राई र वडा अध्यक्ष उषक कटवाल समर्थक भई राज्यमन्त्री विरुद्ध विशेष प्रस्ताव दर्ता भएको थियो।

राज्यमन्त्रीले सार्वजनिक स्थलमा कपोकल्पित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै सो प्रति घोर भर्त्सना गरी खेद प्रकट गर्ने विशेष प्रस्तावलाई गाउँ सभाले सर्वसम्मत पास गरेको हो।

गाउँपालिकाको विकास निर्माण सम्बन्धमा विगतदेखि नै राज्यमन्त्री गुरुङ र गाउँपालिकाका अध्यक्ष निशान्त शर्माबीच टकराव चल्दै आएको छ। तर, मन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा रहेका गुरुङले गाउँपालिकाका जनप्रतिनिधिको मर्यादा राखेर बोल्नुपर्नेमा यसो नगरेको भन्दै जनप्रतिनिधिहरू आक्रोशित भएका हुन्‌।

राज्यमन्त्री गुरुङले गाउँपालिकाका अध्यक्ष शर्मा लगायतका जनप्रतिनिधिले प्रदेश सरकारको बजेट भ्रष्टाचार गरेको अभिव्यक्ति दिँदै आएका छन्। गाउँपालिकाका जनप्रतिनिधिहरूले भने राज्यमन्त्रीले कपोकल्पित र झुठो आरोप लगाएको भन्दै पुष्टि गर्न चुनौती दिइरहेका छन्।​

आसेपासेले पैसा उठाएको कुरा स्थानीय जनप्रतिनिधिको जानकारीमा आएपछि त्यसलाई गाउँपालिकाको तर्फबाट रोक्नखोज्दा राज्यमन्त्रीले उल्टै जनप्रतिनिधिलाई भ्रष्टाचार गरेको आरोप लगाएको गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.