|

काठमाडौ : नेपाल प्रहरीका विभिन्न तहमा कार्यरत ११ जना प्रहरी बेपत्ता भएका छन्।

उनीहरू नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कविहीन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। एक महिना बीचमा आफू कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्रहरी प्रधान कार्यलयले सूचना निकालेर खोजी थालेको छ।

प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार, ०७७ पुस २ देखि ०७७ माघ ६ गतेसम्म विभिन्न मितिमा, विभिन्न तहका ११ प्रहरी बिना जानकारी अनुपस्थित भएका हुन्।

आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ। प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन एक साताको म्याद दिइ सूचना जारी गरेको हो।

सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन्। अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.