|

काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले अब नागरिकसँग माफी माग्दै राजीनामा दिनुपर्ने बताएका छन्। विभिन्न जिल्लाका काठमाडौंमा पढ्दै गरेका युवाहरूसँगको छलफलमा बोल्दै नेता पाण्डेले देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै रहेको बताएका हुन्।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याएको मात्र नभएर युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा छ।

कामचलाउ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेर बदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

पाण्डेले २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र अहिलेका पुस्ताका नेतृत्वले झुक्याएको आरोप पनि लगाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.