|

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको कदम सही भएको तर्क गरेका छन्। 

सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन् सेन्टरमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको कार्यकर्ता भेला सम्पन्न उनले यस्तो बताएका हुन्। प्रधानमन्त्रीको साथै पार्टीको उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली नै रहेको उनको दाबी छ।

गुरुङले प्रधानमन्त्रीको कदमलाई देश तथा तथा विदेशमा रहेका नेपालीहरूले साथ दिनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको केन्द्रीय सचिवालय, सचिव, प्रवक्ता , इन्चार्ज थप गरिएका केन्द्रीय सदस्यहरू र न्यू साउथ वेल्स राज्य कमिटीको घोषणा पनि गरिएको थियो घोषित सम्पूर्ण कमिटीका सदस्यहरूलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनीयताको शपथ गराएका थिए।

प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे पाण्डेले प्रधानमन्त्री केपी ओलीले चालेको कदम संवैधानिक रहेको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानमा प्रवासी नेपालीको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै आफूहरू सधैं नेपालको विकास र प्रगति देख्न चाहने हुँदा त्यो केपी ओलीबाट मात्र सम्भव रहेको धारणा राखे।

भेलामा गैरआवासीय नेपाली संघको अष्ट्रेलिया न्यू साउथ वेल्स कोओर्डिनेटरका देव्-गुरुङ गैरआवासीय नेपाली संघ ओसियाना कोओर्डिनेटर होम पाण्डे प्रवासी नेपाली एकता मंच अस्ट्रेलियाका सल्लाहाकारहरू भवानी ओली र डा. विनोद श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.