|

काठमाडौं : इटालियन सिरी ए फुटबलमा युभेन्टसले क्रोटोनलाई ३(० गोल अन्तरले पराजित गरेको छ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए। रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा गरे भने  वेस्टनले खेलको ६६ औ मिनेटमा एक गोल गरेका थिए।

यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिमविरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् ।

साथै रोनाल्डो युरोपका टप फाइभ लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन्। उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचले ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।

यो जीतपछि युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ। युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.