|

काठमाडौं : राष्ट्रिय बीमा संस्थानले आज ५४ औँ वार्षिकोत्सव मनाउँदैछ। यस अवसरमा संस्थानले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

बीमा व्यवसायको आवश्यकता र महत्वलाई जनमानसमा स्थापित गराउन वित्तिय श्रोतको परिचालन तथा जोखिम व्यवस्थापनको माध्यमबाट जागृत गराउन संस्थानले महत्वपूर्ण योगदान गरेको छ। 

उक्त योगदानको स्मरण गर्दै बीमा सचेतना तथा पहुँच वृद्धिमा अझै सशक्त भूमिका निर्वाह गर्ने संस्थानले प्रतिवद्धता व्यक्त गरेको छ। वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बचत, जोखिम व्यवस्थापन र प्रतिफल तीनवटै उपकरणको एकीकृत प्रयोगबाट राष्ट्रिय बीमा संस्थानले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा आगामी दिनमा थप योगदान गर्न सकोस् भन्ने कामना गरेका छन्।  आज एक शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री ओलीले बीमा संस्थानले वित्तीय कारोबारलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। 

यस्तै अर्थमन्त्री विष्णु पौडेलले बीमा संस्थानलाई जिम्मेवार एवं जवाफदेही निकायका रुपमा अग्रसर बनाउन उत्प्रेरित गरोस् भन्ने कामना गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.