|

मकवानपुर : मकवानपुरको हेटौंडामा स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फूटबल प्रतियोगिताको तेस्रो संस्करण तयारी थालिएको छ। 

जिल्ला फूटबल संघ मकवानपुरको आयोजनामा आगामी फागुन २७ गतेदेखि हेटौंडामा प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुनेछ।

यो संस्करणदेखि प्रतियोगिताका विजेताले पुरस्कार राशीसमेत बढाइएको छ। यसअघि विजेतालाई ८ लाख र उप-विजेतालाई ४ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने गरिएकोमा यो पटक विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ। 

यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद ५० हजार, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। 

प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुनेछ। प्रतियोगिताका लागि मकवानपुर जिल्लाका १० वटै स्थानीय तहले प्रायोजन गरेका छन्।

हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख मकवानपुरका अन्य ८ वटा गाउँपालिकाले ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन्। 

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ गरी देशभरका विभिन्न १० वटा क्लबले भाग लिने जिल्ला फूटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.