|

भारतीय मेडिकल एसोसिएसन (आइएमए) ले सोमबार केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष वर्धनसँग बाबा रामदेवको कम्पनीले बनाएको कोरोनाको तथाकथित औषधि कोरोनिलको सार्वजनिक गरेको विषयमा स्पष्टीकरण मागेको छ।

आइएमएले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. हर्षवर्धनमाथि धेरै प्रश्नहरू सोधेको छ।

आइएमएले विज्ञप्ति नै जारी गर्दै केन्द्रीय स्वास्थ्यमन्त्रीले भारतको मेडिकल काउन्सिलको आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ।

उक्त विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि डाक्टरले औषधि प्रचार गर्न मिल्दैन। तर, केन्द्रीय मन्त्री-जो आफै डाक्टर छन्, उनले औषधीको प्रमोशन गरेक छन्। यो आफैँमा स्तब्ध बनाउने घटना हो।'

भारतीय चिकित्सक संघले यस प्रकरणलाई मेडिकल काउन्सिल अफ इण्डियामा लैजाने घोषणा गरेको छ।

संघले डा. हर्षवर्धनमाथि आक्रोश पोखिरहेको बेला प्रश्न उठाएको हो। 

 केन्द्रीय स्वास्थ्य मंत्री डा.हर्षवर्धनले गत शुक्रबार दिल्लीको कन्स्टिट्युशन क्लबमा बाबा रामदेवद्वारा आयोजित पत्रकार सम्मेलनमा भाग लिएका थिए। केन्द्रीय यातायात मन्त्री नीतिन गडकरी पनि उक्त कार्यक्रममा सहभागी भएका थिए।

बाबा रामदेवले उक्त पत्रकार सम्मेलनको क्रममा आफ्नो संस्थानले तयार गरेका कोरोनिलसम्बन्धी अनुसन्धानपत्र धेरै अन्तरराष्ट्रिय पत्रिकाहरूमा प्रकाशित भएको बताएका थिए।

पत्रकार सम्मेलनपछि रामदेवले विभिन्न टिभी च्यानलहरूलाई दिएको अन्तर्वार्तामा कोरोनिललाई विश्व स्वास्थ्य संगठनले विश्वका १ सय ५४ मुलुकमा पठाउन स्वीकृति दिएको गलत अभिव्यक्ति दिएका थिए।

विश्व स्वास्थ्य संगठनले रामदेवको उक्त अभिव्यक्ति गलत रहेको जनाएको छ। 

केन्द्रीय स्वास्थ्यमन्त्रीले अवैधानिक औषधि जारी गर्नु र विश्व स्वास्थ्य संगठनले तत्काल खारेज गर्नु देशका जनताको अपमान भएको आइएमएले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.