|

काठमाडौं : लागुऔषधको मुद्दाका दुई थुनुवा हतकडीसहित जिल्ला अदालत मोरङबाटै फरार भएका छन्।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत उपस्थित गराइएका मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी प्रहरीले लगाएको हतकडीसँगै भागेका हुन्।

प्रहरीले उनीहरु दुवै जनालाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरी आँखा छलेर फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए। उनीहरुकाे खोजी जारी रहेकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.