|

काठमाडौं : सबै एनसेलका ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवाका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरू सुचारु गर्नसक्ने भएका छन्‌। एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) गते विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको हो। 

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने भएको छ। यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ।

यो एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरू तत्कालै सुचारु लगायत विभिन्न कार्यहरू गर्न सक्छन्। एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाउँदो सेवा, सुविधाहरूको सुझाव मुख्य स्क्रिनमा नै पाउन सक्छन्। ग्राहकले एपको मुख्य स्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकता अनुसारका डेटा र भ्वाइस प्याकहरू लिन सक्छन्। 

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवा खपतको ट्रयाकिङ लगायत कार्यहरू गर्न सक्छन्। यसमा सहज रूपमा सेवाखरिद गर्ने वा पहिले नै लिएको सेवा बन्द गर्न सकिने सुविधापनि रहेको छ। 

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरू एउटै प्लेटफर्मबाट आफैँ स्वतःस्फुर्त रूपमा प्रयोग गर्न सक्छन्। एपमा ग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधापनि रहेको छ र बिना यूएसएसडी कोड प्रयोग गरी सेवाहरू सुचारु गर्न सक्छन्।

उत्कृष्ट ग्राहक सेवाप्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरूप ग्राहकअनुभवलाई थप गुणस्तरीय बनाउन नवीनतम सेवाहरू ल्याउने गरेको छ। निकै सराहाना गरिएको एनसेल एपमा थप गरिएको सुविधाहरूले एपमार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहज बनाउन मद्दत पुर्‍याउने विश्वास एनसेलले लिएको छ। विशेषगरी ग्राहकजहाँ भएपनि छिटो-छरितो ग्राहक सेवाको लागि यो एप निकै सहयोगी हुने विश्वास एनसेलले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.