जनकपुरधाम : धनुषाबाट साढे २५ लाख रकमसहित दुई हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जटही नाकाबाट अवैध रकमसहित उनीहरुलाई पक्राउ गरेको हो।
धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पक्राउ पर्नेमा महोत्तरी निवासी सञ्जय साह र भारत विहारका सुमित यादव रहेको जानकारी दिए। जनकपुरबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी स्रोत नखुलेको रकमसहित भारत जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको उपरीक्षक भाटले बताए।
पक्राउ परेको रकमसहित दुबैजनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।