|

काठमाडौं : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई साहसिक कदम भनेका छन्।

संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउने सर्वोच्चको फैसलापछि फेसबुक लाइभमार्फत प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। चितवनमा रहेका प्रचण्डले सर्वोच्चको फैसलाले आफूलाई गौरव अनुभुति भएको भन्दै प्रचण्डले देशव्यापी रुपमा विजय जुलुस निकाल्न सबैलाई आग्रह गरे।  

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम न्यायालयले खारेज गरेको भन्दै प्रचण्डले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए। ‘केपी ओलीको भ्रममा रहेका बसैलाई भ्रममुक्त हुन म आग्रह गर्दछु’, प्रचण्डले भने,‘ओलीको भुल भुलाएमा बस्नु आवश्यक छैन। सबैलाई मुल पार्टीमा आउन आग्रह गर्दछु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.