|

काठमाडौं : पहिलो चरणको कोभिडविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

देशभर २ सय २२ वटा खोप केन्द्रबाट खोप लगाइएको थियो। तीमध्ये ८५ दशमलव ६५ प्रतिशतले खोप लगाएको विभागले जनाएकाे छ। पहिलो प्राथमिकताको पहिलो चरणमा ८४.८ प्रतिशतले खोप लगाएका थिए।

पहिलो चरणमा १ लाख ८५ हजार ८ सय ६५ ले खोप लगाएका थिए। दोस्रो चरणको खोप माघ २६ गतेदेखि ३ हजार ४ सय ८० जनाले खोप लगाए।

भारत सरकारले सिरम इन्स्टिच्युटबाट उत्पादित 'कोभिसिल्ड' खोप अनुदान स्वरुप उपलब्ध गराएको खोप माघ १४ गते देखि फ्रन्टलाइनरको रुपमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य सरसफाइकर्मीलाई लगाइएको थियो।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.