‘प्रचण्डलाई एकता हुँदैन भनिदिएँ’

|

काठमाडौं : विभाजित स्थितिमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट आन्दोलनमा नभएको तर्क गरेका छन्‌। 

संसद पुनःस्थापनापछि काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ओलीले कानून र संविधानका मुल्य मान्यता मान्नुहुन्न, उहाँलाई सबै कुरा थाहा छ। आफूले गरेपछि सबै हुन्छ भन्ने दम्भले संसद् भंग गर्नुभएको थियो। अब कम्युनिस्ट आन्दोलनमा ओली हुनुहुन्न, अरू कसैले समर्थन गरेको छैन।’

भिडियो :

अदालतले असंवैधानिक कदमलाई सच्चाएको गौतमले बताए। ‘ओलीले विराटनगरको कार्यक्रममा गए पुनःस्थापना भयो भने हामी आन्दोलन गछौँ भनेपछि संसद्‌ पुनःस्थापना हुन्छ भन्नेमा ९० प्रतिशत निश्चिन्त भएको थिएँ,’ उनले भने, ‘ओली यसरी डराएको अहिलेसम्म थाहा थिएन।’

ओलीले अहिलेको परिस्थिति सिर्जना भएपछि पदबाट राजीनामा दिनुपर्ने बताए। ‘मैले सुनेको छु : उहाँ प्रतिनिधिसभा विघटन गरे जसरी अरू जालझेलमा लागि राख्नुभएको छ। उहाँले पार्टी एकतामा राजीनामा दिएर लाग्नुपर्थ्यो। तर, उहाँ अझै आफ्नो स्वार्थमा केन्द्रीत भएर जालझेल गरिराख्नुभएको छ रे,’ उनले भने। 

नेकपा विभाजित हुने अवस्थामा पुग्यो देश राजनीति रूपमा छिया छिया भएको बताए। नेकपा विभाजनमा ओली मात्रै नभएर अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पनि एकताको पक्षमा नभएको बताए। 

‘कम्युनिस्ट आन्दोलन अब माथि उठ्छ/उठ्दैन भन्ने कुरा पनि सोच्नुपर्ने बेला आएको छ। पार्टी सुदृढ बनाएर सरकारलाई पनि त्यही गतिमा अगाडि बढाएर लैजान्छौं भन्ने अवस्था पनि छैन,’ उनले भने, ‘राजनीतिक स्थिरता कायम राख्नको लागि संविधानमा संसद्‌ विघटन गर्न नपाउने अधिकार राखेको छैन।’ 

‘केपीले पार्टी फुटाएको भएपनि प्रचण्डले संसद्‌ पुनःस्थापनापछि पार्टी एकतापछि आह्वान गर्छु भनेका थिए। तर, एकता नै हुदैन भनिदिए,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा ओली रहनका लागि अब आत्मालोचना गरेर फर्किनुपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.