|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ अदालतले गरेको निर्णयलाई सम्मान गर्ने बताएका छन्। 

सिटिइभिटीको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भने, 'हामी अदालतको निर्णयलाई सम्मान गछौँ। तर, राजिनामा दिने हामी कायर हो। कुनै पनि हालतमा राजीनामा दिदैनौँ।' 

उनले प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गरेर अगाडि बढ्ने दाबी गरे। उनले अबको प्रधानमन्त्री पनि ओली नै भएको तर्क गरे। जस्तोसुकै परिस्थिति आए पनि राजनीतिको मैदान नछाड्ने बताउँदै आफ्नै जित सुनिश्चित भएको बताए। 

ओलीबाहेक अरू कोही प्रधानमन्त्री नहुने बताउँदै भने, 'संसद् पुनर्स्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको छन्। तीनको सपना पूरा हुँदैनन्।' 

अदालतको फैसलापछि राजनीतिक मैदान खुला भएकाले जस्तोसुकै परिस्थितिमा उत्रिन  पनि आफूहरू तयारीमा रहेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.