ओली समूहको कार्यक्रम नै स्थगित

|

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतलगायत अन्य जिल्लामा पनि प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले खुसियाली जुलुस निकालेको छ। 

जुलुसमा सहभागी नेता कार्यकर्ताले संविधानको सर्वोच्चता कायम भएको भन्दै संविधान माथिको प्रहार असफल भएको उनीहरुको भनाइ छ। उनीहरुले यो जित नेपाली जनताको भएको भन्दै मंगलबार साँझ दीप प्रज्वलन पनि गरेका थिए। 

पत्रकारको चियापान

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको विरोधमा देशमै पहिलो पटक सडकमा देखिएका कर्णालीका पत्रकारले चियापान कार्यक्रम आयोजना गरी खुसियाली मनाएका छन्। सुर्खेतमा रहेका पत्रकारका विभिन्न ९ वटा संघ संगठनले असंवैधानिक कदम खारेज भएको भन्दै खुसी साटेका हुन्।

ओली पक्षको सभा स्थगित

यसैबीच नेकपा ओली समूहको यही फागुन १४ गते गर्ने भनिएको सुर्खेतको जनसभा स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम थियो। जसका लागि सभास्थल तयारीलाई तीव्रता दिइएको थियो। डोजर लगाएर ठाउँ सम्याउनुका साथै माइकहरु पनि जडानको कार्य भइसकेको थियो।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.