म्यानचेस्टर सिटी र मान्चेन्ग्लाडबाखबीच पनि आजै प्रतिस्पर्धा

|

काठमाडाैं : च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लिगमा आज रियल मड्रिड र एट्लान्टाबीच प्रतिस्पर्धा हुँदै छ।

स्पेनिस क्लब रियलले इटालियन क्लबविरुद्ध उसैको मैदानमा राति पौने २ बजे खेल्नेछ। रियल पहिलो लेगमा जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।

च्याम्पियन्स लिगमा सर्वाधिक सफल टिम रियल लगातार २४ औं सिजन नकआउट चरणमा पुगेको हो। एट्लान्टाले गत सिजन क्वाटरफाइनल खेलेको थियो। च्याम्पियन्स लिगमा रियल र एट्लान्टा भने पहिलो पटक भिड्न लागेका हुन्।

सोही समयमा म्यानचेस्टर सिटी र मान्चेन्ग्लाडबाखबीच पनि प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.