‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैद्यता नै छैन

|

काठमाडौं : वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

संसद पुनःस्थापना गर्ने अदालतको फैसलाले संवैधानिक निकास आएको भन्दै अब राजनैतिक निकास पनि मुलुकले पाउने उनको भनाइ छ। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा थापाले यस्तो बताएका हुन्।

सर्वोच्च अदालतले संसद र संविधान मार्न सक्दैनौं है भनेर भनेको पनि उनले सुनाए। उनले भने, ‘असिमित अधिकार त संविधानवादमा मात्रै छ। कार्यकारिणी कार्यपालिकाको अधिकार शासन गर्ने यहीँ छ। तपाईंले संसदलाई मार्न सक्नुहुन्न। खान सक्नुहुन्न भनेर सर्वोच्च अदालतले प्रस्ट रुपमा भनेको छ। हामीले संवैधानिक सोचअनुसार बहस गरेका हौं। जे संविधान देखें त्यसमा हामीले तर्क/वितर्क गर्यौं।

अदालतको फैसलाले0 राजनीतिक वातावरण हल भइसकेको भन्दै अबको जवाफदेहिता सांसदहरूमाथि उनले बताए। 

थापाले भने, ‘नागरिक समाजले आवाज उठाइराखेको छ, अब त्यो आवाजलाई सम्बोधन गर्छ कि गर्दैन? सम्बोधन गरिएन भने नागरिक समाज चुप लागेर बस्दैन। नेपाली जनतालाई सुशासन दिनुपर्छ। सुशासनको प्रत्याभुति दिने मानिसहरू लिएर जानुपर्छ।’

उनले अहिलेको गतिरोध संवैधानिक रुपले निकास भएको सुनाए। उनले भने, ‘मुलुकले अब राजनैतिक निकास पनि पाउँछ। जस्तो आज संसदीय दलको बैठक बस्दैछ। नयाँ परिवेशमा संसदीय दलले आफ्नो नेता छनोट गर्छ। छनौट गरेर संसदमा पठाउँछ। संसदीय दलसँग ह्विप लगाउने अधिकार छ। वर्तमान प्रधानमन्त्रीले पार्टी फुटाएर लैजानु भयो भने अर्को अवस्था आउँदछ। यदि दल फुटेन भने नेकपा नेकपानै हुन्छ। नेकपाभित्रैबाट सरकार बन्ने अवस्था मैले देखेको छु। फुट्यो भने दुई वा दुईभन्दा बढी दल, राष्ट्रियअनुकूल दुई वर्ष सरकार चलाउनुपर्छ भन्नुभएको छ। उहाँहरूमाथि ठूलो जवाफदेही छ। अदालतले के भन्यो भने संविधानको त मैले व्याख्या गरिदिएँ। अब स्थायित्व दिनुपर्छ।’

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको ओझ नराखेको स्पष्ट पारेका छन्। उनले भने, ‘मैले मनको कुरा गर्दाखेरि उहाँ (राष्ट्रपति) ले संविधानको ओझ राख्न सक्नुभएन। प्रधानमन्त्रीले सिफारिश गर्नेबित्तिकै उहाँले संविधानमा छ कि छैन? भनेर उहाँले छलफलको लागि पनि बोलाउनुभएन। राजाले त गिरिजाले विघटनको सिफारिश गर्दा ४–५ दिन त छलफलमा बोलाएका थिए। संविधान र संसद भनेको राष्ट्रको सम्पत्ति हो। यत्रा मान्छेले किन सहादत प्राप्त गरे? संविधानअनुसार कानुन बन्दाखेरि। मलाई दुःख छैन यो भन्न राष्ट्रपतिले संविधानको ओझ, सम्मान राख्नुसक्नुभएन। निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दा निर्वाचन गर भन्ने होइन। आफ्नोभित्र नै हैसियत छैन भने, राष्ट्रपतिको अति दयनीय देखियो। नेपाली जनताको राष्ट्रपति हो। तर, मैले दयनीय देखें। कर्तव्यपरायणीमा उहाँ दयनीय हो। उहाँ आँफैले मूल्यांकन गर्नुहोस न।’


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.