|

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन्। 

उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेका डाक्टर भट्टराईले आज विहान ट्वीट गर्दै फेरि पुरानै कुर्सीको खेल सुरु हुने खतरा रहेकाले राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिएका हुन्। 

नयाँ सरकार गठनको सिलसिलामा सांसद् किनबेच हुनसक्ने भन्दै डाक्टर भट्टराईले लेखेका छन्, ‘फेरि टाउको गन्ती, ज्योतिषीको जोखाना, किनबेचको श्रृंखला चल्न सक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून्, नयाँ राष्ट्रिय सहमति गरुन् भन्ने छ है। चेतना भया।’ 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि राजनीति फेरि दल र नेताको कोर्टमा पुगेको नेता भट्टराईको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.