|

काठमाडौं : सैन्य 'कू' का कारण विकसित घटनाक्रमका बीच फेसबुकले बर्मेली सेनामाथि सेनामाथि प्रतिबन्ध लगाएको छ। 

बर्माको सेनासँग जोडिएका सबै अकाउन्टमाथि फेसबुकले प्रतिबन्ध लगाएको हो। बर्माको सेनाले अब फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न नपाउने भएको छ। 

फेसबुकले एक ब्लग पोस्ट गर्दै सैन्य 'कू'पछि भएका विरोध प्रदर्शन र हिंसा समेतका घटनालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाइएको जानकारी दिएको छ।

फेसबुकले बर्माको सेनालाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न दिनु घातक हुने ठहरसमेत गरेको छ।

बर्माको सेनाले गत फेब्रुअरी १ मा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) को निर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेको थियो। 

सेनाको यो कदमपछि शुरू भएको प्रदर्शन अहिले पनि जारी छ। सेनाले गत ८ नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ। पछिल्लो चुनावमा नेतृ आङ सान सुकीको पार्टीले बहुमत प्राप्त गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.