|

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैडा मारेर खाग बिक्री गर्ने समूहका तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, काभ्रे मन्डन देउपुर नगरपालिका – १० ज्यामिरेका ४८ वर्षीय आशिष लामा भन्ने आइत तामाङ र रसुवा नौकुण्ड गाँउपालिका–३ का ३६ वर्षीय ज्वाला भन्ने ज्ञान बहादुर रुम्वा छन्।

लामो समय देखि फरार रहेका उनीहरूलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको ब्यूरोले जानकारी दिएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीषक गंगा पन्तले तीन जनाको साथबाट गैंडाको खाग ओसारपसार एवं खरिद बिक्रीमा प्रयोग भएको ना २ च १४५८ नम्बरको गाडीसमेत बरामद गरिएको जानकारी दिइन्।

सोही मुद्दामा संलग्न अन्य चार जनालाई ब्यूरोको टोलील यसअघि काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको पन्तले जानकारी दिइन्। हाल पक्राउ परेकाहरूलाई पनि आवश्यक कारबाहीको लागि निकुञ्जमा पठाइएको ब्यूरोले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.