|

बारा : स्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले कलैयाबाट दुई जना भारतिय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत बिहार बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय संजय कुमार छन्।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका–८ बरेवा टोलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपेन्द्र शाहीले जानकारी दिए।

उक्त ठाउँमा बि आर ०५ के ०७९८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा चालक चन्द्र शेखर र मोटरसाइकलमा सवार संजयको साथमा तथा मोटरसाइकलको डिक्कीमा समेत लुकाई राखेको अवस्थामा १ हजार दरको १ हजार ७ सय ७२ थान र ५ सय दरको १ हजार ५ सय २६ थान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.