|

काठमाडाैं :  प्रधानमन्त्रीले नैतिकताको कुरा गरेका भन्दै भंग गरेको संसदमा प्रधानमन्त्री ओली कसरी जान्छन् भनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रश्न गरेका छन्। 

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता पाैडेलले सर्वोच्च अदालतले देशलाई र संसदीय प्रणालीलाई ठूलो संकटबाट बचाएको पनि बताए।

संसदीय प्रक्रिया सुरु नभएकाले नेपाली कांग्रेसले गर्ने भूमिका अहिले केही पनि नभएको उनको भनाइ थियो।

नेकपाको प्रचण्ड–माधव समूहले कांग्रेससँगको सहकार्य खोजेका छन् नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'प्रक्रिया अगाडि नबढेसम्म कांग्रेसले केही गर्दैन। छोरो नजन्मिकन कन्दनी बाट्ने त कुरा भएन नि।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.