|

बझाङ : अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि अनेरास्ववियु केन्द्रीय संयोजक ऐन महरले नेपाली कांग्रेसले लोकतन्त्रको कुरा गर्नु र दाहाल –नेपालले विधि पद्धतिको कुरा गर्नु एउटै प्रवृत्ति भएको बताएका छन्।

कांग्रेसले आफ्नो अस्तित्वका लागि जति लोकतन्त्रको रटान लगाए पनि लोकतन्त्रप्रति इमानदार बन्न नसकेको र आफू पनि लोकतान्त्रिक बन्न नसकेको आरोप लगाएका छन्।

साथै संयोजक महरले कांग्रेसले पटक पटक लोकतन्त्रको घाँटी रेट्ने काम मात्र गर्‍यो, त्यसैले दाहाल –नेपाल गुटले पनि विधि पद्धतिको रटान सत्ता प्राप्तिको हतियार मात्र भएको बताए। 

'विधि पद्धतिप्रति इमानदार हुन्थे भने कम्तीमा चाहे पार्टी अध्यक्ष चयन गर्ने प्रक्रिया होस् या संसदीय दलको नेता चयन प्रक्रिया, पद्धतिप्रति सचेत हुन्थे र विधि अवलम्बन गर्थे।'

संसदीय राजनीतिको असली खेलाडी को हो भन्ने अब विस्तारै थाहा हुने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.