भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको खोप लगाइने

|

घानीमा आगामी मार्च २ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिने भएको छ। खोप अभियानको सुरुवात भने राष्ट्रपति नाना अकुफो डङ्क्वा अकुफो अड्डोले खोप लगाएर गर्ने तय भएको छ।

राष्ट्रपतिका स्वास्थ्य मामिला सल्लाहकारले राष्ट्रपतिले लगाएपछि उच्च प्राथमिकताको सूचीमा परेकाहरुलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी दिए। खोप लगाउन सुरक्षित हुन्छ भन्ने सन्देश दिनका लागि र खोपप्रति सवैलाई विश्वास दिलाउन राष्ट्रपतिले आफैले लगाएर सुरु गर्न लागेको पनि उनले स्पष्ट पारे   

राष्ट्रपतिले नै खोप लगाएपछि आम नागरिकहरु पनि खोप लगाउन प्रोत्साहित हुने सरकारी अधिकारीहरुले अपेक्षा गरेका छन्। खोप लगाएमा स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने बुझाउन आवश्यक रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

'खोप लगाउन पाउनु राम्रो अवसर हो, त्यसलाई उपयोग गर्नुपर्छ भनेर सबैलाई प्रेरित गर्नु आवश्यक छ,' खोप लगाएपछि हामी सबै सुरक्षित हुन्छौँ भन्ने पनि बुझाउनुछ,' उनले भने।  

घानामा बुधबार ६ लाख अस्ट्राजेनिका खोप ल्याइएको छ। यो खोप भारतको सेरुम इन्स्टिच्युटले उत्पादन गरेको हो। कोरोनाभाइरसका कारण घानामा अहिलेसम्म ८१ हजार २४५ जना सङ्क्रमित भएका छन् भने ५८४ जनाको मृत्यु भएको छ।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.