|

नेप्टोटिज्मको आरोप लागिरहेका बेला बलिउड स्टार किड आलिया भट्टको नयाँ फिल्म रिलिजको तयारीमा छ।

उनी अभिनित गंगुबाई काठियावाडीको अफिसियल टिजर सार्वजनिक भएपछि उनको चर्चा चुलिएको छ। फिल्ममा उनको लुक्सलाई लिएर प्रशंसकले तारिफ गरेका छन्। फिल्ममा आलिया एक लेडी माफियाको भूमिकामा छिन्। फिल्ममा आलियाको लुकलाई दमदार  तरिकाले देखाइएको छ।

आलियाभन्दा पहिले पनि बलिउड फिल्ममा कयौं नायिकाले नेगेटिभ भूमिकामा काम गरिसकेका छन्। उनीहरूले खेलेको नेगेटिभ रोलले पनि व्यापक चर्चा पाएको थियो। 

सीमा विश्वास

सन् १९९६ मा रिलिज भएको सत्य घटनामा आधारित बैंडिट क्वीन फिल्ममा सीमा विश्वासले भूमिका निभाएकी थिइन्। उक्त फिल्म फूलनदेवीको जीवनमा आधारित थियो। फिल्ममा खेलेको भूमिका र दमदार अभिनयले सीमाको चर्चा चुलिएको थियो। शेखर कपुरको निर्देशनमा बनेको उक्त फिल्म हिट भएको थियो।

शबाना आजमी

सन् १९९९ मा रिलिज भएको फिल्म 'गडमदर' मा शबाना आजमीले रंभीको भूमिका खेलेकी थिइन्। विनय शुक्लाले निर्देशन गरेको फिल्ममा आजमीको नेगेटिभ भूमिका चर्चित थियो।

शबरी

ईशा कोपिकरको फिल्म शबरी सन् २०१० मा रिलिज भएको थियो। खल्लास गर्लले यो फिल्ममा एक फिमेल ग्यांगस्टारको भूमिकामा थिइन्।  फिल्ममा उनको भूमिका यस्तो थियो जसले हत्याको बदला लिन ग्यांगस्टार बनेकी थिइन्।

मधु शालिनी

मधु शालिनी अभिनित राम गोपाल वर्माको फिल्म डिपार्टमेन्टमा नेगेटिभ भूमिका खेलेकी थिइन्। बकुस अफिसमा प्लप भए पनि क्रिटिक्सको नजरमा भने खुबै मन पराइएको थियो।

श्रीदेवी

सन् १९८८ मा रिलिज भएको फिल्म शेरनीमा दिवंगत अभिनेत्री श्रीदेवीले नेगेटिभ भूमिकामा देखिएकी थिइन्। शत्रुघ्न सिन्हा स्टारर यस फिल्ममा श्रीदेवी एक डाकुको भूमिकामा थिइन्।

माधुरी दीक्षित

'धक धक गर्ल' माधुरी दीक्षित फिल्म 'गुलाब ग्यांग'मा नेगेटिभ अवतार देखा परिन्। उनका प्रशंसकहरुले उनले नेगेटिभ रोलमा देखिन्छिन् भन्ने विश्वास गरेका थिएनन्। तर, उनको भूमिकालाई दर्शकले मन पराए।

श्रद्धा कपुर

सन् २०१७ मा रिलिज भएको फिल्म हसिना पार्करमा नायिका श्रद्धा कपुरले नेगेटिभ रोलको भूमिका खेलेकी थिइन्। फिल्ममा उनले दाऊद इब्राहिम की बहिन हसिना पार्करको भूमिका निभाएकी थिइन्।  फिल्मको कथा र कपुरको अभिनयलाई लिएर चर्चामा रह्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.