|

नाइजेरियाको उत्तर पश्चिमी प्रान्त जामफारामा ३ सय भन्दा बढि स्कुले छात्राको अपहरण भएको आशंका गरिएको छ। आज बिहान सबेरै बन्दुकधारीले आक्रमण गरी ती छात्राको अपहरण गरेको स्थानीय शिक्षकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

यो आक्रमणका बारेमा सरकारी प्रवक्ताले पु्ष्टि गरे पनि थप जानकारी नभएको बताएका छन्। यहाँ विशेषगरी हतियारधारी समूहले फिरौती रकमको माग गर्दै यस्ता अपहरण गर्दै आएका छन्। पछिल्लो केही समययता नाइजेरियामाा अपहरणका घटना बढिरहेका छन्। यसकै छिमेकी राष्ट नाइजरमा अघिल्लो साता २७ छात्रासहित ४२ जनाको अपहरण भएको थियो। 

सिरियामा भएको अमेरिका आबद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकु मारिएका छन्। ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको जनाएको छ।

पहाडी इलाकामा भएको यस हवाई कारबाहीमा तीन वटा ट्रकहरू ध्वस्त भएको बताइएको छ। अब्जरभेटरी प्रमुख रामी अब्दुल रहमानले एएफपीलाई इरान समर्थक १७ लडाकु मारिएका पुष्टि गरेका हुन्।

सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै जनआन्दोलन सुरु भएको थियो। यो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

सो गृहयुद्ध इस्लामिक स्टेट्स (आइएस) र अल कायदा जस्ता आतङ्ककारी समूहहरु हाबी हुँदै गएका थिए। यिनै आतंककारी समूहलाई कारबाही गर्ने क्रममा अमेरिकाले हवाई आक्रमण गर्दै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.