|

कैलाली :  गोदावरी नगरपालिका-५ गेटामा एक युवकको शव फेला परेको छ। गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिवचरण रानाको शव फेला परेको प्रहरीले जनाएको छ।

शनिबार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

हत्याको गरिएको आशंका

रानाको टाउकोमा चोट देखिएको छ। स्थानीयले भने उनको हत्या भएको दाबी गरेका छन्। गोदावरी नगरपालिका-५ का वडाध्यक्ष कर्णसिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको बताए।

‘टाउकोमा देखिएको चोटले खुकुरी प्रहार गरी हत्या गरेको जस्तो देखिन्छ,’ वडाध्यक्ष बोहराले भने।

प्रहरीले घटनास्थल शील गरेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.