|

पाकिस्तान र कतारबीच दीर्घकालिन तरल ग्यास आयात–निर्यात सम्झौता भएको छ। 

यो सम्झौताअनुसार पाकिस्तानले कतारबाट १० वर्षसम्म प्रतिदिन २० करोड क्यूफिट अतिरिक्त ग्यास प्राप्त गर्नेछ। तेलको मूल्य २०१५ को भन्दा करिब ३१ प्रतिशत कम हुने सम्झौतामा उल्लेख छ।

शुक्रबार यो सम्झौता भएका हो। सम्झौतापछि बोल्दै पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक नदीम बाबरले अब पाकिस्तानीले सस्तो दरमा ग्यास प्राप्त गर्ने दाबी गरेका छन्।

साथै, यो राजनीतिक र सैनिक नेतृत्वको संयुक्त कोशिसबाट सम्भव भएको पनि उनले बताएका बीबीसी हिन्दीमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.