|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्कघात भई उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यलाभको कामना गरेकी छिन्।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएर उनका प्रेस सल्लाहकार टीका ढकाल शनिबार बिहान पूर्वमन्त्री जोशी उपचाररत थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए।

शुक्रबार नर्भीकमा भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ। सल्लाहकार ढकालले जोशीका दाई, श्रीमती र छोरीलाई भेट्नुका साथै सम्बद्ध चिकित्सकसँग स्वास्थ्यस्थितिबारे बुझेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.