|

स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोनाले सेभिल्लाको सामना गर्दैछ। खेल सेभिल्लाको घरेलु मैदानमा राति ९ बजे सुरु हुनेछ।

सेभिल्लाविरुद्ध जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहेको आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ। कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभिल्लालाई २-० ले नतिजा सुम्पिएको बार्सिलोनालाई आज जित निकाल्न सहज छैन।

५० अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके रियल मड्रिडलाई १ अंकले पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ।

४८ अंक रहेको सेभिल्ला चौथो स्थानमा छ। यसअघि आजै साँझ पौने ७ बजे एइबर र हुइस्का एकअर्काविरुद्ध मैदान उत्रँदा राति सवा ११ बजे अलाभेस र ओसासुना भिड्नेछन्। यस्तै, आज राति पौने २ बजे हुने अन्तिम खेलमा गेटाफे र भ्यालेन्सियाबीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.