|

गुल्मी : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले केपी ओलीलाई सुधार्नका जति प्रयास गरे पनि निरर्थक भएको बताएका छन्। माधव-प्रचण्ड समूहले गुल्मीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले ओलीलाई धुँदा-धुँदा बागमतीको पानी सकिएको तर उनी कहिल्यै नसुध्रिएको र उनको मनको हिलोमैलो नपखालिएको बताएका छ्न।

उनले भने, 'ओलीलाई सुधार्नका लागि हरदम प्रयास गर्यौँ तै पनि उहाँ सुध्रिनुभएन' उनले थपे, 'उहाँलाई धुँदा-धुँदा बरु बागमतीको पानी सकियो तर उहाँ कहिल्यै पखालिनुभएन।'

ज्ञवालीले प्रधानमन्त्री ओलीलाई बालकोटमा गएर आराम गर्न पनि सुझाव दिए। उनलाई अब सत्तामा बस्ने नैतिकता नभएकाले राजीनामा दिन आग्रह गरे।

ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच गरिएको एकता केबल आफू कुर्सीमा पुग्न र विद्या भण्डारीलाई दोस्रोपटक राष्‍ट्रपति बनाउनका लागि मात्र गरेको समेत उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.