|

कैलाली : कैलालीमा युवकको हत्या गरेको आशंकामा १२ जनालाई नियन्त्रणमा लिइएको छ। जिल्लाको गोदावरी नगरपालिका–५ का शिवचरण राना मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मृत भेटिएका रानामाथि धारिलो हतियार प्रहार भएको पाइएपछि हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको जनाएको छ। हत्या आशंकामा सोधपुछका लागि १२ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

उनले अहिले सोधपुछ गर्ने काम भइरहेको बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ।

गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै टाउकोमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.