|

काठमाडौं : ‘ए डिभिजन’ फ्रेन्ड्स क्लबले चाँगुनारायण नगरपालिका–४ मा खेल मैदान निर्माण गर्ने भएको छ। क्लबको खेलाडी प्रशिक्षणका लागि मैदान अभाव भएकोले ५० रोपनीमा खेल मैदान निर्माण गर्न लागेको हो। उक्त जग्गा नगरपालिकाले उपलव्ध गराउने जनाइएको छ। 

शनिबार कुपण्डोलमा क्लबको साधारण सभामा उक्त निर्णय गरिएको प्रवक्ता राजाराम तण्डुकारले जानकारी दिए। साधारण सभाले क्लबको आगामी चैत २८ गते निर्वाचन गर्न श्री राम खनालको संयोजकत्वमा  एक निर्वाचन समिति पनि गठन गरिएको तण्डुकारले जानकारी दिए। 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले खेल मैदान सम्म पुग्ने बाटो, ढल, खानेपानी लगायतका सुबिधा उपलब्ध गराउने बताए। नगरपालिकामा रग्बी, टेनिस, ब्याडमिन्टन, बास्केटबल, भलिबल लगायत अन्य खेलकुद मैदान र खेलकुद हल बनाउँदै गरेको उनले जानकारी दिए। साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको नगरपालिका अब खेलकुद नगरिका रुपमा चिनिने उनले दाबी गरे। 
छ। 

कार्यक्रममा खेलकुद मन्त्री दावा लामा तामाङले एन्फा र क्लबहरू सँग सहकार्य गरि क्लबहरूलाई एफ सि लाइसेन्स प्रक्रियाका लागि आवस्यक नीति निर्माणमा सहयोग गर्ने बताए। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले खेलाडीको वृत्ति विकासमा महानगरले सक्दो सहयोग गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.