|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापना पछि सरकार झन बलियो भएको बताएका छन्।

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेम्वाङले यस्तो बताएका हुन्।

संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको नेम्वाङको भनाई थियो। संसद् विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरूलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको उनले टिप्पणी गरे।

‘हिजो संसद् पुनःस्थापना नहुँदा सम्म केपी ओली त केयर टेकेर हो निर्वाचन घोषणा गरिराखेको छ। निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो’ नेम्वाङले भने,‘जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौं।

अव त त्यो दुःख पनि गर्न नपर्ने भयो। संसद पुनःस्थापित भयो। उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो।’ संसद्  पुनःस्थापित गर्नेहरूले के सोचेका छन् त्यो कुरा थाहा नभएको भन्दै नेम्वाङले यसले प्रधानमन्त्री ओली र आफ्नो पार्टी पार्टीलाई चिन्ता गर्नुपर्ने कुनै कुरै नभएको बताए।

प्रतिनिधि सभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरी एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरूलाई प्रस्ताव ल्याउन नै डर लागेको उनको भनाई थियो। कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.