|

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीति बिहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन्।

‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं। हामी विधिको शासनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ’ ज्ञवालीले भने,‘हामी त्यसलाई कार्यान्वयन गर्छौं।

तर कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? कतै सांसद् फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने त होइन?’ मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए। सरकारले पछिल्लो तीन वर्षमा हाँसिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.